त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक गम्भीर घाइते

काठमाडौं, ५ असोज । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते हुनुभएको छ ।

बस बिसौनीमा पुगेका बेला अचानक आगलागी भएको हो । आगलागीमा घाइते चालकलाई उपचारका लागि वीर अस्पताल लगिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनामा अन्य मानवीय क्षति भए–नभएको यकिन भइसकेको छैन । बसमा आगलागी हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  १२ : ५५  बजे