काठमाडौं, २६ जेठ । पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने ५ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा गोरखपुर नौसर घर भएकी ३५ वर्षीया अन्जु चमार, २९ वर्षीया रुपसना चमार, ३० वर्षीया आरति चमार, ३५ वर्षीया रिंकु चमार र १८ वर्षीया नन्दनी चमार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पशुपति नाथको दर्शन गर्न आएका मानिसहरूले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले चोरीको सुनको सिक्री थान २ सहित उनीहरूलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
0
Shares








प्रतिक्रिया