राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं,  १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन)  विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  ०९ : १८  बजे