नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई निमोनिया भएको छ । प्रचण्ड अस्वस्थ भएका कारण शुक्रबार गणतन्त्र दिवसको समारोहमा पनि सहभागी हुनुभएन ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार  १३ : १२  बजे