सिरहा, १३ जेठ । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय हटाउने निर्णयविरुद्ध आन्दोलित भएका नागरिकहरूले मसाल जुलुससहित प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पुत्ला दहन गरेका छन् ।
सरकारी निर्णयविरुद्ध सडक आन्दोलन गरिरहेका स्थानीयवासी र व्यवसायीहरूले भन्सार पुनःस्थापनाको माग गरिरहेका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।आन्दोलित नागरिकहरुका अनुसार, छोटी भन्सार बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र राजस्व संकलनमा गम्भीर असर परेको छ । उनीहरूले सीमा क्षेत्रमा अनुगमन कमजोर भई तस्करी बढ्ने जोखिमसमेत रहेको बताएका छन् ।
मंगलबार साँझ निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासी सहभागी थिए । उनीहरूले निर्णय तत्काल फिर्ता नगरे अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।वडानम्बर ३ का अध्यक्ष एवं आन्दोलन संयोजक विनोद यादवले जनहितविपरीत कदम स्वीकार्य नहुने बताउनुभएको छ। उहाँले आवश्यक परे पदबाट राजीनामा दिनसमेत तयार रहेको बताउनुभयो ।स्थानीय व्यापारी चन्देश्वर यादवका अनुसार भन्सार सञ्चालनका लागि स्थानीयले अनुदानमा जग्गा उपलब्ध गराएका थिए र त्यहाँबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।








प्रतिक्रिया