संसदमा सशक्त रूपमा उत्रने विपक्षी दलहरूको तयारी, सभामुखको भूमिकामा उठाइयो प्रश्न

काठमाडौं, १० जेठ । विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् । कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले संसदीय मूल्य मान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस र गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाबारे घनिभूत र गम्भीर छलफल भयो ।’

उहाँका अनुसार संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलिको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको छ । बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी रहनुभएको थियो ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  १६ : ५१  बजे