काठमाडौं, १५ वैशाख । प्यूठानमा आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै गम्भीर घाइते भएका छन्।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षीय सानू नेपाली र उहाँकी १८ वर्षीया छोरी अञ्जली नेपाली आगलागीबाट घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गर्नुभएको थियो। सोही बेला छोरी अञ्जलीले रोक्न खोज्दा पेट्रोल खोसाखोस हुने क्रममा दुवै जनामा आगो सल्किएर गम्भीर रूपमा घाइते हुनुभएको हो।
सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको थियो। अवस्था जटिल रहेकाले थप उपचारका लागि उनीहरूलाई पाल्पास्थित मिसन अस्पतालमा रेफर गरिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।








प्रतिक्रिया