काठमाडौं, १५ वैशाख । अहिले कास्की, लमजुङ, गोरखा, धादिङसहित देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा लमजुङको भुजुङमा झण्डै ३२ मिलिमिटर वर्षा मापन भएको छ ।
आज दिउँसो गण्डकीसहित कोशी, बागमती प्रदेशको केही ठाउँ तथा मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज र भोलि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि आज केही घट्ने अनुमान छ ।
तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षाको समेत सम्भावना छ । पानी परेपछि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।
वर्षासँगै चट्याङ्ग र उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।








प्रतिक्रिया