अतिक्रमित घरटहरा हटाउन बीरगञ्जमा डिभिजन सडकले चलायो डोजर

काठमाडौं, ६ वैशाख । डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएको छ।
वीरगंजका पाँच ठाउँमा बिहान ४ः३० बजेबाट भत्काउन सुरु गरेको हो। वीरगंजको गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक गरी ५ ठाउँबाट एकै साथ १० वटा डोजर लगाई सडक फराकिलो गर्ने काम सुरु गरिएको हो।अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको सहयोगमा घर टहरा भत्काएको हो।

घर टहरा भत्काउन २ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार  ०८ : ३८  बजे