आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

काठमाडौं, ४ वैशाख । केही दिनयता गर्मी बढेको छ । आज र भोलि तराईमा अझै गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


महाशाखाका अनुसार आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै भोलि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  ०८ : १५  बजे