हाजिरी जमानीमा रिहा भए बले

काठमाडौं, चैत्र २७ । बलात्कार आरोप लागेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । यद्यपि उजुरी भने परेको थिएन । सामाजिक सञ्जालमार्फत बलात्कार आरोप लागेको दोस्रो दिन बले पक्राउ परेका थिए । उनीविरुद्ध उजुरी नपरे पनि अभद्र व्यवहारको कसुरमा थुनामा राखिएको थियो । तर शुक्रबार उनी रिहा भएका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०८२, शुक्रबार  १९ : ३९  बजे