काठमाडौं, २६ चैत्र । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।कृष्णपुर नगरपालिका– १ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग्रामीण कच्ची सडकबाट तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा कृष्णपुर नगरपालिका–१ का ६० वर्षीय नन्दराम पार्की र सोही ठाउँकी ६२ वर्षीया कलावति देवी बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।दुर्घटनामा परेर जिपमा सवार ६ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया