एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

काठमाडौं, २० चैत्र  ।आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।

सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ ।उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएउनुभएको छ ।

त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गर्नुभएको छ ।उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताउनुभयो । बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  ०८ : ००  बजे