चुनाव हारेपछि सभापतिबाट राजीनामा दिने मनस्थितिमा गगन

काठमाडौं, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापाले पदबाट राजीनामा दिने भएका छन् । निर्वाचनमा पार्टी पराजयको जिम्मा आफूले लिनुपर्ने र नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उहाँको भनाई छ ।यता, उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन र सुझबुझपूर्ण निर्णय लिन सुझाउनुभएको थियो । भेटमा थापाले भन्नुभयो – पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अतः म राजीनामा दिन्छु ।’

यस्ता उपसभापति शर्माको सुझाव दिँदै भन्नुभयो ‘रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ती हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औँ दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अप्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  २१ : १७  बजे