संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ, १० फागुन  । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  ०९ : १२  बजे