रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

काठमाडौं, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा स्थगित गरेको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्न तय भएको सभा विशेष कारणले हालका लागि स्थगित गरिएको सहप्रवक्ता प्रतिभा रावलले बताउनुभयो । हिजो दाङमा एमालेको झन्डा जलाएपछि द्वन्द्व निम्तिनसक्ने देखिएकाले रास्वपाले तत्काललाई सभा स्थगित गरेको हो।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार  १३ : ३२  बजे