काठमाडौं,५ फागुन । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा पुनःकाठमाडौं फिर्ता भएको छ ।
गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौं फर्कदा यात्रुलाई समस्या भएको हो । सो जहाजका यात्रुसमेत रहेका सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएको बताउनुभयो । एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिनुभयो ।उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९ः४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२ बजे जहाज काठमाडौँ फिर्ता भएको थियो ।
उडानमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।









प्रतिक्रिया