एमाले ११ औँ महाधिवेशनः ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ, १ पुस । नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । महाधिवेशनका लागि १०० वटा मेसिन ल्याइए पनि ८० वटा मात्र मतदान प्रयोजनका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जना मतदाताले मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । विद्युतीय भोटिङ प्रणाली व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा मेसिन नमूना अभ्यासका लागि र थप १० वटा मेसिन अतिरिक्त रूपमा राखिएको बताउनुभयो । ।

प्रकाशित मिति: १ पुस २०८२, मंगलबार  ०८ : ५६  बजे