डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते

काठमाडौं, २५ मंसिर ।  डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिनुभयो । बसमा ३८ जना सवार थिए ।

बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले बताउनभयो ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  ०७ : ५६  बजे