काठमाडौं, २२ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै अवधारणा पत्र तयार पार्नुभएको छ। आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएका उहाँले एमालेको ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर, २०८२) छलफलका लागि राजनीतिक तथा सांगठनिक अवधारणा पत्र तयार पार्नुभएको हो।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सोमबार च्यासलस्थित पार्टी कार्यालय पुगेर ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाउनुभयो । पोखरेलको अवधारणा पत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ। ‘नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उहाँले जोड दिनुभएको छ। यस्तै सीमित नेताहरू बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणा पत्रमा उल्लेख छ।









प्रतिक्रिया