काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राख्नुभएको छ । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिनुभएको छ । यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाउनुभएको छ ।
33
Shares









प्रतिक्रिया