धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ वटा गाडी ठोक्किए

काठमाडौं, २० मंसिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी एकै ठाउँमा ठोक्किएका छन् ।
स्कूल बससहित ४ वटा बस, २ वटा ट्रक र एउटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

यसैबीच दुर्घटनामा दुई वटा बसमा सवार धेरैजसो यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाण्डौतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार  २० : २०  बजे