उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा

काठमाडौं, २० मंसिर ।  उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिनुभएको छ । सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित हुँदै उहाँले सामाजिक सञ्जालबाटै राजीनामा दिनुभएको हो ।उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। उहाँले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्‍दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताउनुएको छ। ‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु।‘ उहाँले लेख्नुभएको छ । यस्तै उहाँले अर्को स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गर्नुभएको छ। उहाँले भन्नुभएको छ ‘नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु।बस्।‘

 

 

 

प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार  ११ : ०५  बजे