मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

काठमाडौं, १९ मंसिर । सात दलको समर्थनमा मधेशका मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई नियुक्त गर्नुभएको हो। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा यादवलाई नियुक्त गरिएको हो। प्रदेश प्रमुख कार्यालय जनकपुरधामले मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेको थियो।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  २० : ०६  बजे