काठमाडौं, १७ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकारलाई पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, २०२५ को अवसरमा बुधबार शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नेपालको संविधानले पनि अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकारका साथै सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, यसलाई सबैले आत्मसात र अवलम्बन गर्न जरुरी छ ।”उहाँले सबैमा समान सहभागिता, अवसर र सहानुभूतिलाई प्रवर्द्धन गर्न सबैको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्नुभयो । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा सङ्कल्पलाई पुनः स्मरण गराउने बताउँदै उहाँले दिवसले थप प्रेरणा, ऊर्जा र प्रतिबद्धता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।“हामी सबै एकजुट भएर अपाङ्गता भएका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न, उहाँहरूको अधिकारको संरक्षण गर्न तथा हरेक क्षेत्रमा समावेशिता सुनिश्चित गर्न निरन्तर अघि बढ्न सक्नुपर्दछ, न्यायपूर्ण, समावेशी र सम्मानजनक समाज निर्माण हामी सबैको साझा जिम्मेवारी हो, हामीले सबै नागरिकको योगदानलाई मान्यता दिँदै अपाङ्गता भएका व्यक्तिहरुको क्षमता र सम्भावनालाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्ने वातावरण सृजना गर्नु सबैको कर्तव्य र दायित्व हो”, सन्देशमा भनिएको छ ।
12
Shares









प्रतिक्रिया