आज देशभरको मौसम सफा रहने

काठमाडौँ, १६ मंसिर ।  आज देशको मौसम सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । हाल कोसी, मधेस र वागमती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  ०८ : २३  बजे