काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल पथ पार्टी’ दर्ता भएको छ।
निर्वाचन आयोगले बिहीबार प्रसाईंलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। आयोगमा प्रसाईं नेतृत्वको पार्टी २२५ नम्बरमा दर्ता भएको छ।
प्रसाईंले नयाँ पार्टीको औपचारिक घोषणा आगामी मंसिर ७ गते गर्ने बताएका छन्। त्यसका लागि झापाको दमकमा घोषणासभा गर्ने तयारी गरिएको छ।
यसअघि प्रसाईंले डा. धवलशमशेर राणासँग मिलेर नयाँ पार्टी गठन गर्ने बताएका थिए। तर, दुवैबीच सहमति हुन नसकेपछि राणाले ‘जय नेपाल पार्टी’ दर्ता गराएका थिए।
त्यसपछि प्रसाईंले पनि छुट्टै दल गठन गरेका हुन्।











प्रतिक्रिया