विराटनगर, ४ असोज । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ पर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो । आवश्यक कारबाहीका लागि उहाँलाई साइबर ब्युरोको जिम्मा लगाउने तयारी गरिएको छ ।
दाहालविरुद्ध साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।
एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुग्नुभएको थियो । उहाँलाई जहाजमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया