काठमाडौं, २० जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिनुभएको छ । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै उहाँले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउतिएर धेरै अघि नबढ्नुहोला ।
राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजकतन्त्र कति समयको पाहुना हो । लामो समय चल्न सक्दैन ।’ विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
वर्तमान परिस्थितिको गहिरो समीक्षा गर्दै पार्टीलाई आगामी चुनौती सामना गर्न सक्षम र सङ्गठित बनाउने दिशामा कार्यशाला केन्द्रित हुने बताउनुभयो । उहाँले भदौ २३(२४ गतेको आक्रमण राष्ट्रियता र देशभक्तिविरुद्धको आन्दोलन भएको जिकिर गर्नुभयो । गत फागुनको निर्वाचन तमासामात्र भएको भन्दै ओलीले परिणाम पूर्वनिर्धारित भएको जिकिर गर्नुभयो ।








प्रतिक्रिया