काठमाडौँ, १६ जेठ । रास्वपाका सभापति रवि लामिछानेले भारतमा नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने तय भएको छ।
भारत भ्रमणमा जान लागेका सभापति लामिछानेले जेठ २१ गते नेपालीहरूसँग अन्तरक्रिया गर्न लाग्नुभएको हो। नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा हुने कार्यक्रम ३ बजे लाजपत भवनमा सुरु हुने जनाइएको छ । सभापति लामिछाने १८ गते भारत जाँदै छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायत उच्चस्तरीय भेट गर्नुहुने छ ।
24
Shares








प्रतिक्रिया