ईयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं, १२ जेठ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारमा उहाँहरूबीच सामूहिक भेट र संवाद जारी छ । प्रधानमन्त्री शाहका प्रेस संयोजक दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।

यसअघि चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेटघाट गर्नुभएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार  १४ : ४४  बजे