भदौ २४ को हिसाब बाँकी छः सभापति गगन थापा

विराटनगर, ९ जेठ । नेपाली कांग्रेस सभापति गगन थापाले भदौ २४ गतेको घटनाको छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न गर्नुभएको छ ।

शनिबार विराटनगरस्थित कोइराला निवास पुगेका सभापति थापाले भदौ २४ को घटनाको ‘हिसाबकिताब’ बाँकी रहेको बताउँदै सरकारले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो। उहाँले भदौ २३ को घटनाको अनुसन्धानमा कांग्रेसको समर्थन रहे पनि २४ गते भएको व्यापक क्षतिको सत्यतथ्य बाहिर आउनुपर्ने बताउनुभयो ।‘भदौ २३ गते अप्रिय घटना भयो, त्यसमा कारबाही प्रक्रिया अघि बढेको छ, यसमा कांग्रेसको समर्थन नै छ । तर, २४ गते कोइराला निवासदेखि चाक्सीबारीसम्म र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म क्षति भएको छ, थुप्रै तन्नेरी र प्रहरी मारिएका छन्’, उहाँले भन्नुभयो, सरकारसँग फेरि माग गर्दछु भदौ २४ को छानबिन गर्न न्यायिक आयोग बनाइयोस् ।’उहाँले अहिले यो घटनालाई सबैले ढाकछोप गर्न खोजेको र त्यो स्वीकार्य नहुने बताउनुभएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार  ११ : १६  बजे