मधेशमा एमालेका मोहम्मद समिर मन्त्री नियुक्त, जसपाका तीन जना बर्खास्त

जनकपुरधाम, ७ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त गर्नुभएको छ । जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समिरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । मधेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन हुनुहुन्छ ।उहाँहरूलाई मुख्यमन्त्री यादवले सत्ता समीकरण फेरबदल हुने भन्दै राजीनामा दिनका लागि भन्नुभएको थियो ।यद्यपि राजीनामा नदिएपछि बर्खास्त गरेर नयाँ मन्त्री नियुक्तितिर मुख्यमन्त्री यादव लाग्नुभएको हो । उता, जनमत पार्टीका दुई मन्त्रीहरूले भने राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  २३ : ११  बजे