स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौं, १५ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताको निर्देशनपछि मातहतका निकायमा दुरुपयोग भइरहेका सरकारी सवारी साधन मन्त्रालयमै फिर्ता तानिएको छ।

मन्त्रालयका अनुसार सवारी सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गरिरहेको जानकारी पाएपछि मन्त्री मेहताले सबै दुरुपयोग भएका सवारी साधन तत्काल फिर्ता ल्याउन निर्देशन दिनुभएको थियो।

सोही निर्देशनअनुसार विभिन्न निकायमा प्रयोग भइरहेका गाडीहरू मन्त्रालयमा ल्याएर राखिएको जनाइएको छ। ती सवारी साधन अब आवश्यकताका आधारमा प्रचलित कानुनअनुसार मात्रै प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ।

कानुनी प्रावधानअनुसार सहसचिव वा सोभन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था छ। मन्त्रालयले उक्त व्यवस्था कार्यान्वयनमा कडाइ गर्ने संकेत दिएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  ०८ : १६  बजे