काठमाडौं, १४ वैशाख । सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदान नभत्काइने बताउनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले त्रिविसँग नयाँ लिज सम्झौता गरिने बताउनुभएको हो । उहाँले विश्वविद्यालय र खेलमैदान राज्यकै निकाय र लगानी भएको भन्दै नयाँ रूपले सम्झौता गरेर अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यको यत्रो लगानी भएको छ, दुवै राज्यकै निकाय हुन् । भत्किने भन्ने हुँदैन ।’
त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गामा रहेका भौतिक संरचना खाली गर्न नेपाल क्रिकेट सङ्घ ९क्यान० लाई पत्र पठाएर क्रिकेट मैदान खाली गर्न भनेको छ ।








प्रतिक्रिया