काठमाडौं, ९ वैशाख। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो । उहाँले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नुभएको थियो। सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियो ।सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको थियो ।
18
Shares







प्रतिक्रिया