काठमाडौँ, ५ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि घर फर्किनुएको छ।
अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको हो। त्रिवि शिक्षण अस्पतालमा ओलीको गत चैत ३० गते पित्तथैलीको शल्यक्रिया भएको थियो।
सन्चो लागेपछि शनिबार उहाँ घर फर्किनुभएको हो । गत चैत १४ गते बिहान ओलीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको थियो। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि त्यसयता अस्पतालमै रहनुभएको थियो । सर्वोच्च अदालतको परमादेशपछि उहाँलाई रिहा गरिएको थियो। बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चको आदेशपछि उनीसँगै पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको थियो।









प्रतिक्रिया