विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ

पाटन, २६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गर्नुभयो…