काठमाडौं, ६ असोज । चीनले अन्तरिक्षमा मानव बसोबासलाई दीर्घकालीन बनाउने उद्देश्यसहित आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’मा विभिन्न बाली तथा वनस्पति उत्पादनको प्रयोग अघि बढाएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अन्तरिक्ष केन्द्रमा अहिलेसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति तथा खाद्य बाली सफलतापूर्वक उत्पादन गरिएको छ । अन्तरिक्ष केन्द्रमा अहिले सलादका पात, गाजर, सूर्यमुखी,…