काठमाडौं, १ साउन । साफ यु–२० महिला च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको शानदार जित भएको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हराएको हो। पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान २र२ गोल गरे। पूर्णिमा राई, बिर्सना…