सावित्राको दुई गोलमा नेपालले भारतलाई हरायो

काठमाडौं, १० कातिक । स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा सानत्वना जित निकालेको छ। शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि यसअघि नै इरानले जितिसकेको छ। इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गरेको थियो। सान्त्वना जित निकाल्न नेपालले सुरुआतदेखि नै…