विराटनगर, २८ साउन । बाल सुधारगृहमा झडप हुँदा प्रहरी हवल्दार घाइते हुनुभएको छ । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा बस्दै आएका बाल बिझ्याइँकर्ताहरुको समूह हुल बाँधेर बाहिर निस्किन खोजेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग झडप भएको हो । झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते हुनुभएको छ । अर्का एक जना कर्मचारी पनि घाइते भएको…