कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ असोज । नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति एवम् जिल्ला विकास समितिका पूर्वसभापति मल्लको ७८ वर्षमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । स्वर्गीय मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर…