काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा हुने छलफलमा संयोजक प्रचण्ड सहभागी नहुने मुख्य स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । माओवादी केन्द्रबाट पूर्ववरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुने छन् ।…