एमाले पुनर्गठन र रूपान्तरण अनिवार्य : ठाकुर गैरे

काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य ठाकुर गैरेले पार्टी पुनर्गठन र रूपान्तरण अपरिहार्य आवश्यकता रहेको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार बोल्दै उनले पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गर्दै रूपान्तरण र पुनर्गठन जरुरी रहेको धारणा राखेका हुन् । ‘पार्टी रूपान्तरण र पुनर्गठनको बहसमा खास नेताको विरोध र समर्थन मान्नु…