कांग्रेस, एमाले, माओवादी, एस र मसालका युवा संगठनले निकाले संयुक्त विज्ञप्ति

काठमाडौं, २६ भदौ । विभिन्न राजनीतिक दलनिकट युवा संगठनहरूले नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान आग्रह गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले आज भर्अुअल बैठकपछि संयुक्त…