काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् । शर्माले प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै १६ बुँदे प्रस्ताव अघि सारेका हुन् । जेन-जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने उनले उल्लेख गरेका छन् । दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै…