‘महाधिवेशन टार्न खोज्ने काम आत्मघाती’

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाति हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गर्नुभएको छ । नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उहाँले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ…