देशभर मनसुनी वायुको प्रभाव, आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २८ साउन । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको…