विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्रीको आह्वान

स्पेन, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता अनुमान गर्न सकिने र विकासशील देशको आवश्यकतासँग अनुकूल हुनुपर्नेमा जोड दिनुभएको छ ।संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल–अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सहअध्यक्षतासहित सम्बोधन गर्दै साझा विश्वव्यापी समृद्धिको मार्गलाई पछ्याउँदै आवश्यकताभन्दा कम…